प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

२०८० भाद्र २३, शनिबार ००:५१ बजे

दाङ – बाँकेको शमशेरगञ्जमा शुक्रबार राति बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो ।

बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।