प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रहरी हवाल्दार केसीद्वारा आफैलाई गोली हानी आत्महत्या

२०८० बैशाख ४, सोमबार ०२:३१ बजे

काठमाडौं – सशस्त्र प्रहरीका सहायक हवाल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् । दाङको तुलसीपुरस्थित कारागार सुरक्षामा कार्यरत तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ निवासी ३५ वर्षीय बसन्त केसीले गोली आफैँलाई हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा घरायसी विवादका कारण सहायक हवाल्दार केसीले आत्महत्या गरेको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लले जानकारी दिएका छन् । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकले घरायसी विवादका कारण आत्महत्या गरेको खुल्न आएको उनको भनाई छ । घटनाबारेमा थप अनुसन्धानको काम भइरहेको उनले बताए ।