काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले सोमवार कमजोर मानिएको माल्दिभ्सलाई ११-० गोलको भारी अन्तरले पराजित गरेको छ। दशरथ रङ्गशालामा भएको खेलको पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल गर्दै माल्दिभ्सलाई ११–० ले पराजित हात पारेको हो ।
नेपालको जितमा रेखा पौडेल ह्याट्रिकसहित ५ गोल र प्रिती राइले ह्याट्रिक पूरा गरिन्। त्यस्तै सविता राना मगर, अनिता केसी र अमिषा कार्कीले समान एक–एक गोल गरेका थिए।
यसअघि समूहको आफ्नो पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। यससँगै ‘बी’ समूहमा रहेको नेपाल अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। नेपाल र भुटानमा समान ४ अंक छ । यद्यपि गोलअन्तरले नेपाल अगाडि छ। श्रीलंकाको ३ अंक छ।