काठमाडौं – हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेका हुन् ।
जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कुँवर बुधबार बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।