प्रहर खबर
 २०७९ भाद्र ३, शुक्रबार    

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ जेठ ९, सोमबार १३:०५ बजे

हेटौंडा – गएराती ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका ८ संग्राहलय चोकमा ना ३ त ७०७३ नम्बरको ट्याक्टरले भारतिय नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३० वर्षीय युवकको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । ट्याक्टरले गएराती ९ बजे मोटरसाइकललाई ठक्कर दिएको हो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।