डडेल्धुरा – डडेल्धुरा आलिताल गाउँपालिका-२ गांखेत डोबरा भन्ने ठाउँमा मंगलबार अपराह्न ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्र्याक्टर चालक दलबहादुर विष्ट रहेका छन् ।
सुप प्र ०१००२ त ६३८२ को ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी इन्सपेक्टर उपेन्द्र बमले जानकारी दिए। बमका अनुसार डोबरा गाउँबाट दाउरा ल्याउन जंगल तिर जाँदै गर्दा ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना भएको अनुमान छ।
ट्र्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसको छ। ट्र्याक्टरमा सवार अन्य तीन जना सकुशल छन्।