हेटौंडा – पूजा गर्ने क्रममा कपडामा आगो सल्किएर चितवनमा एक जना घाइते भएका छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–पेन्सन क्याम्पचोककी ८० बर्षीया तिर्थ कुमारी पौडेल रहेकी छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शुक्रबार बिहान आफ्नै घरमा पुजा गर्ने क्रममा पौडेलले लगाएको कपडाबाट सल्किएको आगोले पोलेर घाइते भएकी हुन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।