प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गोली लागेर घाइते भएकी पूर्व आईजीपीका पीएसओकी श्रीमतीको मृत्यु

२०८० आश्विन १९, शुक्रबार ०७:५४ बजे

काठमाडौँ – काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते भएकी नेपाल प्रहरीका एक पूर्वप्रहरी महानिरीक्षकका निजी सुरक्षा अधिकृतकी श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ ।

सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको बताईएको छ । १० असोजमा उनी गोली लागेको अवस्थामा भेटिएकी थिइन् ।

महानगरपालिका–४ पञ्चकन्यास्थित डेरामा घाइते अवस्थामा भेटिएकी उनलाई उपचारका लागी त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए ।

लक्ष्मणले घरमा राखेको पेस्तोलले शर्मिलाले आफैलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ। लक्ष्मण एक पूर्व आईजीपीका निजी सुरक्षा गार्ड हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।