काठमाडौं – स्याङ्जाको हरिनाश गाउँपालिका र आँधिखोला गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
हरिनाशको चिसापानीमा भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।