काठमाडौं – खाना पकाउने एलपीजी ग्यासको मूल्य बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माद्वारा पेश बजेटमा आगामी आर्थिक बर्षमा सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान हटाउने घोषणा गरेसँगै मूल्य बढ्ने भएको हो ।
हाल सरकारले एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ अनुदान दिँदै आएको छ । यससँगै उपभोक्ताले ग्यास सिलिन्डर खरिद गर्न १८०० रुपैयाँ तिर्नुपर्थ्यो । जुन, मूल्य अब बढ्ने भएको हो ।
यसैगरी, सरकारले आगामी ३ महिना भित्रका सबै सार्वजनिक कार्यालय र आवास एलपीजी ग्याँस मुक्त बनाउने अर्थमन्त्री शर्माले बताए । उनले ती स्थानमा विद्युतीय चुलोको प्रयोग गरिने बताए ।