प्रहर खबर
 २०८३ भाद्र १९, शुक्रवार    

फेरि जंगली फलले लियो ज्यान

२०८० बैशाख २३, शनिबार १५:३६ बजे


हेटौंडा – वन तरुल जस्तो देखिने जंगली फल खादा दोलखामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिगु गाउँपालिका–६, आलाम्पु बस्ने ७३ वर्षीय नर बहादुर थामी रहेका छन् ।

जंगलबाट ल्याएको वन तरूल जस्तो देखिने फल खाएर बमेटिङ गरिरहेको अबस्थामा उनको श्रीमती चन्द्रमाया थामीले देखी उपचारको लागी धुलिखेल शाखा अस्पताल दोलखामा ल्याउने क्रममा बाटोमानै मृत्यु भएको बागमती प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।

एक हप्ताअघि चितवन माडी नगरपालिका–१ बस्ने ६३ वर्षीय जय नारायण ढकालको वन तरुल जस्तो देखिने जंगली फल खाएकै कारण मृत्यु भएको छ ।