काठमाडौं – पिकनिक खान गएका एक युवक पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–११ सिर्जननगरका ३४ वर्षीय लोकप्रसाद रजालीको मृत्यु भएको हो । उनको पाल्पाको तिनाउ गाउँपालिका(२ खुर्सानेस्थित दोभान खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार दिउँसो साथीहरुसँगै पिकनिक खान गएका रजालीको खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए । अन्दाजी सय मिटर माथि खोलामा पानीभित्र डुबेको अवस्थामा फेला पारेका थिए । उनको उद्धार अस्पतालमा पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।