हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका १ शंकरनगर चोकमा गएराती स्कुटर दुर्घटना हुदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्कुटर चालक ओमसतिया गाउँपालिका १ का ३० वर्षीय शंकर पुन रहेका छन् । गम्भीर घाइते भएका उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।
घाइते भएका स्कुटरमा पछाडी सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर गएराती २ बजे अनियन्त्रित भइ पल्टिएको वडा प्रहरी कार्यालय बुटवलले जनाएको छ ।