प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अधिवक्ता भगवती पाण्डे ‘शीतल’ पक्राउ

२०८० श्रावण १७, बुधबार १२:२८ बजे

काठमाडौं – दुई साताअघि तामाङ, मगर समुदायको विषयमा विवादास्पद अभिव्यक्ति दिएकी कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ पक्राउ परेकी छन् । अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीले बताए ।

तामाङ, मगर समुदायका व्यक्तिहरुले दिएको उजुरीको आधारमा उनलाई बुधबार विहान पक्राउ गरिएको हो । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा अन्तर्वार्तामा अधिवक्ता पाण्डेले मुस्लिम, मगर र तामाङ समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।

उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।