प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

२०८० असार २८, बिहीबार १३:५७ बजे

गुल्मी – गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलाल छिन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधबार साँझ आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । उनको उपचारका क्रममा बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा मृत्यु भएको हो।