प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

काठमाडौंमा गयो भुइँचालो

२०८१ मंसिर ७, शुक्रबार ०९:१५ बजे

काठमाडौं - काठमाडौंको कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। गएराति १०:४६ बजे कीर्तपुर केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रले भुइँचालोको तीव्रता २.६ म्याग्नेच्यूडको रहेको जनाएको छ। यसअघि बिहीबार बिहान १० बजे कास्की र मनाङको सिमाना अन्पूर्ण क्षेत्र केन्द्रबिन्दु भएर ४.२ म्याग्नेच्युडको भुइँचालो गएको थियो।