भरतपुर – मंगलबार मध्यरातमा मालवाहक ट्रक त्रिशूलीमा खसेको छ । चितवन इच्छाकामना गाउँपालिका वडा नम्रब ३ स्थित मौवाखोला नजिक पृथ्वी राजमार्गवाट ट्रक त्रिशूलीमा खसेको हो ।
धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र।३९०१००६ ख १३८२० नं को तरकारी लोड मिनी ट्रक आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल दुर्घटना भएको प्रहरी कार्याल चितवनका प्रहरी नायब उपरिक्षक विजय पण्डितले जानकारी दिए ।
सो दुर्घटनामा परी ट्रक चालक धादिङ बेनिघाट रोराङ गा।पा। ९ बस्ने वर्ष २६ को दिपेश तामाङको टाउकोमा चोट लागेको छ । उनको अहिले भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै अर्का घाइते सहचालक वर्ष २० का आकाश चेपाङलाइ सामान्य चोट लागेको छ । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।