प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८० पौष २१, शनिबार १९:०५ बजे

हेटौंडा – महोत्तरीको बर्दिबास नगरपालिका–१४ बर्दिबास चोकमा शनिवार बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–१० खयरमारा बस्ने ७० वर्षीय राम बहादुर राउत रहेका छन् ।

प्रहरीका अनुसार ज.१ क ४७४ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।