काठमाडौं – गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीका पाँचजना प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ। नेपाल प्रहरीका रिक्त पाँच एआईजीमा उनीहरुलाई शुक्रबार बढुवा गर्न सिफारिस गरिएको हो।
समितिले बढुवा सिफारिस सूचीमा पहिलो नम्बरमा वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथोमा श्यामलाल ज्ञवाली र पाँचौँ नम्बरमा किरण बज्राचार्य रहेका छन्। एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी, र वीन्द्रबहादुर धानुक र पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा पाँच एआईजी पद रिक्त थियो ।
