हेटौंडा – सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर चोकबाट १० क्वीन्टल ६ किलो अवैध लागूऔषध गाँजा र १ लाख रूपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सहिदभूमि गाउँपालिका–४ बस्ने ३२ वर्षीय विषेश राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएका संयुक्त प्रहरीले शुक्रबार राति बालुवा लोड भएको को.१ ख ५८३१ नम्बरको टिपरलाई जाँच गर्ने क्रममा बालुवाभित्र लुकाई छिपाई २८ वटा बोरामा राखेको उक्त परिमाणको गाँजा फेला पारी टिपर चालक राईलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।