काठमाडौं – यौन दुर्व्यवहारको आरोप लागेका मदन राई धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।
उनीसँग चार लाख धरौटी मागिएको थियो। अहिले धरौटी बुझाएर छुटिसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारङले जानकारी दिए।
राईले आफूलाई पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै एक बालिकाले जाहेरी दिएकी थिइन्। खोटाङको दिक्तेलस्थित ुशुभद्रा मदन फाउन्डेसन ९शुभम०ुका संस्थापक मदन राईले बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।
उनी उपर सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। ७५ वर्षीय राईले फाउन्डेसनमा बसेर पढ्ने बालिकालाई पटकपटक ज्यानमा हात हाल्ने, यौन सम्पर्क गर्न सिकाइदिन्छु भन्ने, आफ्ना गुप्तांग देखाएर छुन लगाउने, ज्यान मालिस गर्न लगाउने लगायत कार्य गर्ने गरेको आरोप छ।