प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यस्तो छ आजको मौसम पूर्वानुमान

२०८० आश्विन १२, शुक्रबार ०७:४९ बजे

हेटौंडा – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ। देशको पहाडी भूभागमा आँशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा आँशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज(शुक्रबार)दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी भूभागको एक वा दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज(शुक्रबार)राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी भूभागको एकदुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।