जाजरकोट – जाजरकोटमा अस्थायी टहरा बनाउन खर काट्न गएकी एक महिलाको भीरबाट लडेर ज्यान गएको छ।
भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा आज शुक्रवार दिउँसो भीरबाट लडेर स्थानीय सुरेन्द्र थापाकी श्रीमती रमिता भण्डारीको ज्यान गएको हो ।
उनी भीरबाट करीब दुई सय मिटर तल खसेकी थिइन्। उनी जनएकता प्राथमिक विद्यालयको शिक्षिका समेत हुन् । अस्थायी आवास बनाउनका लागि स्वयंसेवक, स्थानीय लगायतको टोली खटिएको थियो ।