प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

उपचार गर्न आएको विरामीको स्वास्थ्य चौकीमै लडेर मृत्यु

२०८० पौष १५, आईतबार १२:०१ बजे

हेटौंडा – स्वास्थ्य चौकीमा उपचार गर्न आएकी एक वृद्धाको स्वास्थ्य चाकीकै पर्खालबाट लडेर मृत्यु भएको छ । दोलखाको विगु गाउँपालिका वडा नं.४ को विगु स्वास्थ्य चौकीको कम्पाउण्डमा लड्दा ७० बर्षीया वृद्धा महिलाको मृत्यु भएको हो ।

बागमती प्रदेश प्रहरीका कार्यालय हेटौंडाका अनुसार गौरीशंकर गाउँपालिका वडा नं.४ बस्ने करलमु शेर्पाको मृत्यु भएको हो । उनी विरामी भइए बिगु सिंगटीमा उपचारको क्रममा स्वास्थ्य चाकीकै अम्पाउण्डमा लड्न पुगेकी थिइन् । थप उचारको क्रममा धुलिखेल शाखा अस्पताल दोलखामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।