प्रहर खबर
 २०८३ कार्तिक ७, शुक्रवार    

ठुलो परिमाणमा गाँजासहित पर्साबाट दुई जना पक्राउ

२०७९ असार २३, बिहीबार १३:२० बजे

हेटौंडा – पर्सा वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरबाट २ सय ७० किलोग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी ग्राम सेमरी वडा नम्बर ११ ठेगाना भएका २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा ठेगाना भएका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् ।

परवानीपुरको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरुलाई यूपी २१ एएन ९९५७ नम्बरको ट्रकबाट उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।