काठमाडौं – काठमाडौंको बागबजारमा एक घरको झ्यालबाट खसेर दुई वर्षकी बालिकाको मृत्यु भएको छ। बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।
नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर रियासा महर्जनको मृत्यु भएको प्रहरीले बताएको छ। झ्यालबाट खसेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो।
उपचारका क्रममा सोमबार बिहान करिब पौने १ बजे रियासाको मृत्यु भएको काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले बताए । उक्त घटनाबारे प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको मैनालीले बताए ।