प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जन्ती लिएर हिँडेको बस दुर्घटना

२०८० बैशाख २९, शुक्रबार ०३:०६ बजे

काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा जन्ती लिएर हिँडेको बस दुर्घटना हुँदा तीस जना घाइते भएका छन्। जलवीरे खमारेबाट जन्ती लिएर इन्द्रावती गाउँपालिका जाँदै गरेको हेलम्बु यातायातको बा २ ख ८४२२ नम्बरको गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इन्द्रावती–१० पाटीगाउँतर्फ हिँडेको गाडी चौतारा साँगाचोक गढी नगरपालिका–७ झ्याडीमा ब्रेक फेल हुँदा दुर्घटना भएको हो। घटनास्थलमा प्रहरी र एम्बुलेन्स पुगेर उद्धार गरेको छ। घाइतेको चौतारा अस्पतालमा उपचार हुँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।