प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

नेपालीहरूको मायाले गर्दा नै यूएसएबाट नेपाल आए: अर्थर गन

२०७९ भाद्र ३, शुक्रबार ०९:२२ बजे

काठमाडौं – अमेरिकी रियालिटी सो अमेरिकन आइडल–२०२० का उपविजेता अर्थर गन दिवेश पोखरेलले नेपालमा प्रस्तुति दिने हुनुभएको छ । उहाँलाई टुबोर्गले साङ्गीतिक अभियानमा नेपाल निम्त्याइएको हो ।

अर्थरले काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरानलगायतका सहरहरूमा प्रत्यक्ष साङ्गीतिक प्रस्तुति दिने राजधानीमा आयो जित पत्रकार सम्मलेनमा जनाइएको छ । नेपालीहरूको मायाले गर्दा नै आज यूएसएबाट नेपाल आएर यस्तो कार्यक्रम गर्न लागेको गायक पोखरेलले बताउनुभयो ।

“म नेपाल आउन पाउँदा धेरै खुसी छु । मेरो यात्रामा मलाई सबैको साथ चाहिन्छ । म हजुरहरू माझ प्रस्तुति दिन पाउँदा निकै उत्साहित छु,” उहाँले भन्नुभयो । उहाँका ग्रहण’खो ज,’ म’ र कर्णाली’ लगायतका गीत बजार मा आइसके का छन् ।