प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुटुक्क गरिन बलिउड हिराेइन तपसी पन्नुले बिबाह

२०८० चैत्र १३, मंगलबार ०८:२९ बजे

मुम्बइ – बलिउड अभिनेत्री तापसी पन्नुले बिबाह गरेकी छिन । एनडिटिभीमा प्रकाशित समाचार अनुसारले उनले गत मार्च २३ मा आफ्ना प्रेमी र ब्याडमिन्टन खेलाडी मथियास बोसँग विवाह गरेकी हुन ।

सो विवाह उत्सब उदयपुरमा भएको थियो र जसमा निकै घनिष्टहरूको उपस्थिति रहेको थियो । पूर्व विवाह उत्सव भने मार्च २० वाट सुरू भएको जनाइएको छ ।

विवाहको खबरका बीच तापसी र मथियासको विवाह स्थलमा निर्माता–लेखिका कनिका ढिल्लन र अभिनेत्री पावेल गुलाटीको तस्बिर सार्वजनिक भएको छ ।

रेडिटमा केही व्यक्तिहरूले तापसीकी बहिनी शगुन पन्नुको उदयपुरमा भएको विवाहको तस्विर पनि सेयर गरेका छन्। तस्विरमा तापसीसँग उन कोस्टार पावेल पनि थिए।

समाचार अनुसार धेरै बलिउड सेलिब्रेटीहरू तापसीको विशेष दिनको हिस्सा थिएनन्। एक स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘तापसीको ‘दोबारा थप्पड’ का सह–कलाकारहरू पावेल गुलाटी उनको र मथियासको विवाहमा पाहुनाहरूसँग सामेल भए।