प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पूर्व मिस नेपाल शृंखला खतिवडाले गरिन् हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर पूरा

२०८० जेठ १५, सोमबार ०७:४८ बजे

काठमाडौं – पूर्व मिस नेपाल शृंखला खतिवडाले अमेरिकाको हावर्ड विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन्। उनले इन्स्टाग्राममा केही तस्बिर सार्वजनिक गर्दै आफूले स्नातकोत्तर उत्तीर्ण गरेको जानकारी दिएकी छन्।

'मैले ग्राजुएसन गरे‌। अब मलाई आर्किटेक्ट र अर्बन प्लानर भन्न सक्नुहुन्छ,' शृंखलाले इन्स्टाग्राम लेखेकी छन्। उनले परिवारको साथ-सहयोगले आफूले पढाइ पुरा गर्न सकेको बताएकी छन्। ग्राजुयसन समारोहमा सहभागी हुने उनका बुवाआमा अमेरिका पुगेका थिए।

आर्किटेक्चरमा स्नातक गरेकी खतिवडाले सहरी विकासमा स्नातकोत्तर गर्न करिब तीन बर्षअघि अध्ययनका लागि अमेरिकाको हावर्ड विश्वविद्यालयमा गएकी थिइन् । हावर्ड विश्वकै प्रतिष्ठित विश्वविद्यालय हो ।

पढ्न जानुअघि शृंखलाले हवार्डमा दुई वर्षको कोर्स पुरा गरेपछि नेपालमै फर्किने बताइन्। उनले नेपालमा 'गाथा' नामक कम्पनी सञ्चालनमा ल्याएकी थिइन्।