काठमाडौँ – नेपाली बहुचर्चित कलाकार तथा रङ्गकर्मी बुद्धि तामाङले मकवानपुरकी अनु थिङसँग आज (शुक्रबार) विवाह गर्दैछन् ।
उनीहरुले भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा विवाह गर्न लागेका हुन् ।
३० वर्षीया थिङ स्नातक अध्ययनरत विद्यार्थी समेत हुन् । परिवारबाटै उहाँसँग भेट भएको तामाङले बताएका छन् ।
‘साँघुरो’, ‘कबड्डी’, ‘टलकजङ भर्सेज टुल्के’, ‘वडा नम्बर ६’, ‘घामपानी’, ‘छक्कापञ्जा’, ‘नाइँ नभन्नु ल’, ‘वीरविक्रम’लगायतका चलचित्रमा तामाङले अभिनय गरेका छन् । उनको ‘हैट’ थेगो चर्चित छ ।