प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

सम्पादकीय : चोरलाई चौतारो

२०७९ माघ २०, शुक्रबार १०:५८ बजे


नेपालमा सुशासनको कुरा हुन्छ तर ब्यवहारमा भने ठीक उल्टो भएको देखिन्छ । अहिले नेपालमा संयुक्त सरकार छ । जसको नेतृत्व कुनै समय निकै क्रान्तिकारी रहेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले गरिरहेका छन् । प्रचण्डको सरकारमा गलत गर्ने र स्वार्थ बाझिने ब्यक्ति मंत्री नहोलान् वा नबनालाउन् भन्ने अपेक्षा पनि थियो तर त्यसो भएन बरु उनको मंत्री परिषदमा बरु स्वार्थ बाझिने ब्यक्तिहरु मंत्री भएको देखिन्छ । कुनै समय उनकै प्रतिस्प्रर्धी रहेका ब्यक्ति नै मंत्री भएका छन् ।कालिका निर्माण कम्पनी दर्ता गरेर देशको सयौं योजनाहरु अलपत्र पारेका बिक्रम पाँण्डेलाई शहरी बिकास मंत्रीको जिम्मेबारी दिइको छ । कारवाही गर्नुपर्ने ब्यक्तिलाई नै पुरस्कार स्वरुप यो मंत्रालय दिइएको जस्तो देखिएको छ । उनले आप्नै ठेक्काको कामको म्याद थप गर्ने तयारी गरिरहेको कुरा बिहीबारका संचारमाध्यामहरुले खोतलेका छन् । जसका कारण उनी मात्रै होइन प्रचण्ड समेत बद्नाम भइरहेका छन् ।

त्यसैले पनि यस्ता मंत्रीलाई तत्काल बर्खास्ती गर्नुपर्दछ। रबिको गृह मंत्रालयमा मात्रै सरकार वरपर र प्रचण्ड तथा उसको पार्टी तथा उसलाई समर्थन गरेको एमाले समेत रुमल्लिरहेको देखिन्छ । सांसद भए भन्दैमा मंत्री बनाउनु पर्छ भन्ने पनि छैन । मंत्री परिषदमा जिम्मेवार मान्छे राख्ने हो स्वार्थ बाझिनेलाई बर्खास्ती गर्नुको बिकल्प छैन । सरकार ढल्नेमा चिन्ता गरेर बस्न हुदैन ।
पाँण्डेको मात्रै कुरा होइन,अहिलेको मंत्री परिषदमा अन्य पनि छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मंत्री भएकाहरु पनि छन् । केही यस्तै ब्यक्तिहरुका कारण सुशासनको आश गरिएको बर्तमान सरकार पनि यस्तै आफ्नो जागिर पकाएर बिदा हुनेछ र चोरलाई चौतारो भने झैं हुनेछ कि भन्ने आम नागरिकहरुलाई लाग्न थालेको छ ।