प्रहर खबर
 २०८१ बैशाख २९, शनिबार    

सम्पादकीय: किन कुटिन्छन् डाक्टर ?

२०८० भाद्र २९, शुक्रबार ०९:२९ बजे

समाजमा मान्छेहरुले डाक्टरहरुलाई भगवानको रुपमा लिने गर्दछन् । डाक्टरहरुलाई समाजका मान्छेहरुले यसै भगवानको रुपमा लिएका पनि होइनन् ,मृत्युको मुखैमा पुगेका कतिपय ब्यक्तिहरुको डाक्टरले जीवन दिने हुँदा यसैपनि डाक्टरहरु भगवान सरह भए तर डाक्टर सही अर्थमा भने भगवान होइनन् नै । उनीहरुले आफेनो पेशाप्रतिको धर्म र कर्तब्य ज्ञन र अजुभावका आधारमा निर्वाह गरेका हुन् । तर,डाक्टरहरुले आफ्नो कर्तब्य बिर्सदा वा ख्याल नगर्दा भने डाक्टरमाथि नै फेरि आक्रमण हुने गरेको पाइन्छ । हालै मकवानपुरको हेटौंडाको सन्चो अस्पतालका दुईजना डाक्टरमाथि यस्तै भयो । जे नहुन पर्ने थियो,त्यो भयो । डाक्टरमाथि कुटपिट हुनु कुनैपनि अर्थमा सही हुदै होइन । यसलाई राम्रो मान्न सकिन्न ।

त,एकजना परिवारका सदस्यका लागि आफ्नो मान्छे सबैभन्दा ठूलो र महत्वपूर्ण हुन्छ । सन्चो अस्पतालका डाक्टररुले कुटाइ खाइरहेको कुरा बाहिर आइरहदा,आक्रमणमा संलग्नहरुलाई कारवाहीको माग भइरहदा जसले अल्पआयूमा नै ज्यान गुमाए,राजेश प्रधानाको परिवारको बिषयमा पनि सोच्न आवश्यक छ । राजेशको परिवारले डाक्टरले दिएको तनाबकै उपजले आक्रोशत भएको देखिन्छ । एक त सरकारी अस्पतालका डाक्टरले निजीमा आएर काम गरेको पनि देखिन्छ भने दोश्रो जब बिरामीका आफन्तले आफ्ना मान्छेको डिस्चार्ज मागेको खण्डमा अस्पतालले रोक्न पर्ने अवश्यकता देखिदैन ।यदी कुनैपनि बिरामीले म मेरो बिरामीलाई ठाउँमा लैजानु भन्न पाउछ ।

अस्पतालहरुले रकमको लालचमा बिरामीको ज्यन जाने अवस्थासम्म पनि डिस्चार्ज दिएको देखिदैन । हेटौंडाको सन्चो अस्पतालमा भएको त्यही हो । डाक्टरमाथि कुटिनु बेठीक हो तर प्रधान परिवारको मानव अधिकार र संवेदनाका बिषयमा पनि ख्याल गर्न आवश्यक छ । एक त आफै परिवारको सदस्य गुमाएर पीडित बनेको परिवारलाई झन् थुनामा राखेर थप तनाब दिनु राम्रो होइन । कानुन भन्दा माथि कोही छैनर कानुनतः डाक्टर र अस्पताल पनि दोषी देखिएका छन् । प्रधान परिवारले भौतिक आक्रमण गर्नुको सट्टा कानुनको साहारा लिएको भए चैं राम्रो हुने थियो तर आवेगमा आएर घटना भएपछि फेरि त्यो परिवारलाई अझै तनाब दिनु,थुन्नु डाक्टरको धर्मले पनि दिदैन । केही नक्कली डाक्टरले बिरामीमाथि कत्लेयाम गरिरहेका छन् । निजी अस्पतालले पनि यसतै गरेका छन् । भोलिका दिनमा आफ्नो रोजीरोटी पो खोसिने होकि भनेर यही मौकामा केही नक्कली डाक्टर र निजी मेडिकल संचालनकहरु बढी अहिले उर्फिएको देखिन्छ । यस्तोमा नेपाल चिकित्सक संघ पनि सचेत हुनु पर्दछ । फेरि डाक्टरका तर्पबाट पनि यस्तो घटना नदोहोरियोस् र बिरामीका आफन्तबाट पनि यस्तो घटना हुने बातावरण अस्पतालहरुले नबनाउन भन्नेमा चैं सन्चो अस्पतालले दिएको घटनाले पाठ सिकाएको छ । प्रधान परिवारलाई थप पीडा दिनु पनि डाक्टरहरुको पेशाले सुहाउने कुरा चैं होइन ।