काठमाडौं – मानव सेवा आश्रममा काम गर्ने एक महिला मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको नागार्जुन नगरपालिका१ रानिवनस्थित मानव सेवा आश्रममा आश्रमको हेरचाह गरी बस्दै आएकी पर्सा घर बताउने करिब ३५ वर्षीया मिना बस्नेत आफ्नै सुत्ने ओछ्यानमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।