हेटौंडा – भ्यानको ठक्करबाट मकवानपुरका एक युवक गम्भीर घाइते भएका छन् । भक्तपुरको चारदोबाटोमा बिहिबार बेलुका बा१५च २२ ३२ नम्बरको भ्यानको ठक्करबाट मकवानपुरका ३० वर्षीया भिम घिमिरे घाइते भएका हुन् ।
प्रहरीका अनुसार सडक पार गर्ने क्रममा नयाँ ठिमीबाट गठ्ठाघरतर्फ आँउदै गरेको बा १५ च २२३२ नम्बरको भ्यानले बिहिबार बेलुकी पौने ९ बजे ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको गठ्ठाघर स्थित नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अस्पताल श्रोतका अनुसार घाइते पैदलयात्रीले मदिरा पिएका पाइएको छ । भ्यान चालकलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।