प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो

२०८० मंसिर २९, शुक्रबार २०:४१ बजे

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ ।निगमले शुक्रबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।  नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र डिपालय क्षेत्रमा पेट्रोलको लिटरको १६७ रुपैयाँ तथा डिजेल तथा मट्टितेल लिटरको १५७ रुपैयाँ पर्नेछ ।

निगमले चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १६४ रुपैयाँ ५० पैसा तेकेको छ ।