प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

डिजेल र मट्टितेलको मूल्य बढ्यो, अनि पेट्रोलको ?

२०८१ कार्तिक ३०, शुक्रबार २१:०० बजे

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।

योसँगै काठमाडौँ र पोखरामा यसको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।