प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

नवौं राष्ट्रिय खेलकुद: कुन टोलीले कति पदक जित्यो ?

२०७९ आश्विन ३१, सोमबार ०७:१८ बजे

पोखरा – गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सबैभन्दा धेरै पदक जितेको छ । ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदकसहित शीर्ष स्थानमा छ ।

दोश्रो स्थानमा विभागी एपिएफले १२ स्वर्ण, १६ रजत र २२ काँस्य, तेस्रो स्थानमा अर्को विभागीय टोली पुलिस क्लबले ११ स्वर्ण, ७ रजत र १७ कास्य पदकसहित ३५ पदक र चौथो स्थानमा रहेको बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक जितेको छ ।

पाँचौ स्थानमा गण्डकी प्रदेशले ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक, छैटौ स्थानमा एनआरएनएले ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदक र मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्यसहित ८ पदक प्राप्त गरेको छ ।

त्यस्तै प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक, कर्णाली प्रदेशले १ काँस्य पदक जितेको छ ।

यस राष्ट्रिय खेलकुदमा स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य छ सय पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । यस राष्ट्रिय खेलकुदले धेरै खेलाडीका लागि उनीहरूको खेल जगतको सुनौलो भविष्यको मार्ग तय गर्ने विश्वास लिइएको छ ।

खेलकुदमा सात प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली सङ्घ ९एनआरएन० गरी कूल ११ टोली रहभागिता रहेको छ ।