प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

थ्री नेसन्स कप खेल्ने नेपालको टोली घोषणा

२०७९ चैत्र ७, मंगलबार ११:२६ बजे

काठमाडौं – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा भएको छ । पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले मंगलबार आफ्नो टोली घोषणा गरेका छन्।

दशरथ रंगशालामा बुधबारदेखि सुरु हुने प्रतियोगितामा नेपाल, भुटान र लाओसको सहभागिता रहेको छ । नेपालले उद्घाटन खेल मार्च २२ मा लाओससँग खेल्नेछ। मार्च २८ मा नेपाल र भुटानबीचको खेल अघि लाओसले मार्च २५ मा भुटानसँग खेल्नेछ। समूह चरणका सबै खेल साँझ ६ बजे सुरु हुनेछन्।

फाइनल मार्च ३१ मा साँझ ५ः३० बजे हुनेछ । सबै खेलहरू मार्चमा फिफा विन्डोमा खेलिनेछन्। पहिलो पटक राष्ट्रिय टिममा बोलाइएका खेलाडीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरी रहेका छन्।

अन्तिम टोली

गोलकिपरः किरण कुमार लिम्बु (पञ्जाब एफसी), दीप कार्की (मनाङ मस्र्याङ्दी क्लब), अभिषेक बराल (रोयल ब्लू सातदोबाटो युथ क्लब)

डिफेन्डरः सनिश श्रेष्ठ (एपीएफ फुटबल क्लब), विकास खवास (त्रिभुवन आर्मी फुटबल क्लब), अनन्त तामाङ (चर्च ब्वाइज युनाइटेड), पदम भट्टराई (एफसी खुमलटार), आदित्य चौधरी (जावलाखेल युथ क्लब), निशान्त खड्का (संकटा क्लब)

मिडफिल्डरः पुजन उपरकोटी (मछिन्द्र फुटबल क्लब), अरिक विष्ट (चर्च ब्वाइज युनाइटेड), नवीन लामा (एपीएफ फुटबल क्लब), रोहित चन्द (पर्सिक केदिरी), कमल थापा (मनाङ मस्र्याङ्दी क्लब), मणिकुमार लामा (एपीएफ फुटबल क्लब), भरत खवास (त्रिभुवन आर्मी फुटबल क्लब)

फरवार्डः आयुष घलान (संकटा क्लब), नवयुग श्रेष्ठ (त्रिभुवन आर्मी फुटबल क्लब), दीपक सिंह ठकुरी (सातदोबाटो युथ क्लब), अन्जन विष्ट (चर्च ब्वाइज युनाइटेड), आशिष चौधरी (चर्च ब्वाइज युनाइटेड), सुमित श्रेष्ठ (मनाङ मस्र्याङ्दी क्लब) मनिष डाँगी (संकटा क्लब)