प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

चट्याङ लागेर तीजको नाचगान गरिरहेका दुई जना किशोरीको मृत्यु

२०७९ भाद्र १५, बुधबार ०९:०९ बजे

काठमाडौं – चट्याङ लागेर तीजको नाचगान गरिरहेका दुई जना किशोरीको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१२ गुरौगाउँको सालडाँडामा मंगलबार राति चट्याङ लागेर २ जना किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

मृत्यु हुनेमा गुरौगाउँका १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मोनिसा शाह रहेका छन् । घटनामा एकदर्जनभन्दा बढी महिला घाइते भएको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।