हेटौंडा – मनहरी–४ स्थित पशुपतिनाथ माविमा पाँचवटा विद्यालयका शिक्षकहरुको मधुमेह परीक्षण गरिएको छ । विद्यालय नर्स बबिता ठाकुरले आइतबार शिक्षकहरुको मधुमेह परीक्षण गरेकी हुन् ।
पशुपतिनाथ माविसँगै श्रृजना प्रावि, चेपाङ प्रावि, नवज्योति प्रावि र बनकरिया इसीडीका शिक्षकहरुको मधुमेह परीक्षण गरिएको विद्यालयले जनाएको छ । २५ जना शिक्षकको मधुमेह परीक्षण गर्दा ४ जनाको औषत भन्दा बढी देखिएको विद्यालय नर्स ठाकुरले बताइन् ।