हेटौंडा – मकवानपुर हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट मंगलबार अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा जितपुर सिमरा उपमहानगरपालिका–८ बस्ने ५६ वर्षीय शिबनाथ सहनी र ४५ वर्षीय मदन सहनी रहेका छन् ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले बा.४ ख ५९३७ नम्बरको मिनी बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई ३ किलो ६ सय ग्रामसहित पक्राउ गरेको हो । उनीहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।