काठमाडौं – नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँग टस हारेको छ । चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालले केहि समयमा ब्याटिङ गर्न मैदान उत्रर्नेछ ।
त्यस्तै नेपालले मंगोलियाविरुद्ध खेल्ने प्लेइङ ११ सार्वजनिक गरेको छ । नेपालले आजको खेलमा विवेक यादव, विनोद भण्डारी, प्रतिश जि।सी र सागर ढकाललाई बेन्चमा राखेको छ ।
नेपालको प्लेइङ ११
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल ९कप्तान०, कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।