प्रहर खबर
 २०८१ बैशाख १९, बुधबार    

महराको प्रमुख आतिथ्यतामा अपाङ्गता संगठन नेपालको ११ विभागका प्रमुख तोकियो

२०७९ श्रावण २१, शनिबार ०५:०६ बजे

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी–केन्द्र) को भातृ संगठन अपाङ्गता संगठन नेपालले विभिन्न ११ विभाग प्रमुखहरु चयन गरेको छ ।

संगठनको साउन १६ गते बसेको भर्चुअल बैठकले संगठन विभाग प्रमुखमा ओम पुन (श्रमिक), आर्थिक विभाग प्रमुखमा रमेश तिवारी,
श्रम तथा रोजगार विभाग प्रमुखमा यम प्रसाद सुवेदी, कानुन विभाग प्रमुखमा तेज कुमारी तिवारी, शिक्षा बिज्ञान तथा प्रविधी विभाग प्रमुखमा धन प्रसाद बजगाँईलाई चयन गरेको छ ।

त्यस्तै प्रकाशन सूचना तथा संचार विभाग प्रमुखमा सुरेन्द्र कुमार बम्जन, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुखमा भवनी ऐर, विद्यार्थी विभाग प्रमुखमा सुजन पराजुली, युवा तथा खेलकुद विभाग प्रमुखमा प्रताब राउत, नीति तथा संघ सस्था विभाग प्रमुखमा राम कार्की (बिमल) र समन्वय विभाग प्रमुखमा जनकराज ढुंगाना चयन भएका छन् ।

संगठनको अध्यक्ष टिकाराम पराजुलीको अध्यक्षता भएको बैठकमा पुर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि महराले सात वटा प्रदेशको रिपोर्टिङको साथ संगठनलाई थप मजबुत बनाउन निर्देशन दिएको अपाङ्गता संगठन नेपालका केन्द्रिय उपाध्यक्ष धनप्रसाद बजगाँई जानकारी दिए ।

बैठकमा संगठनको फ्र्याकशन इन्चार्ज एवं पोलिटब्युरो सदस्य दिपेन्द्र पुन सिजलसहित संगठनका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।