प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरूवा बन्दुकसहित बल पक्राउ

२०७९ भाद्र ३, शुक्रबार ११:१३ बजे

हेटौंडा – बारा जितपुरसिमराबाट भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जितपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर गुम्बाटोल बस्ने ३० वर्षीय संजिव बललाई एक थान भरूवा बन्दुक र सोही बन्दुकमा प्रयोग हुने ५ थान बेरिंङ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उनको घरमा अवैध हतियार रहेको भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी जैतापुर र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनको घर अगाडि बनाएको छाप्रोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।