हेटौंडा – काभ्रेमा रूखले किचेर एक जनाको मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका–४, रातोपहिरो बस्ने अन्दाजी ५३ वर्षीय नारायण प्रसाद चौलागाईको रूखले किचेर मृत्यु भएको हो ।
आफ्नै बारीमा कुटमेराको रूख काट्ने क्रममा रूखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।