प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

ब्याडे राँगोले आतंक मच्चाएपछि...

२०८० आश्विन ९, मंगलबार ११:२६ बजे

हेटौंडा – ब्याडे राँगोले आतंक मच्चाएपछि दोलखा प्रहरीले गोली हानेर मारेको छ । भीमेश्वर नगरपालिका वडा नं.५ पुछारमाटीका स्थानीय भगवान बस्नेतको घरमा पालेको ब्याडे राँगो फुकेर मान्छेलाई घाइते बनाएपछि प्रहरीले गोली चलाएको हो ।

राँगोले हान्दा बस्नेतको श्रीमती ६० बर्षीय साबित्रा बस्नेत घाइते भएकी छन् । उनको धुलीखेल शाखा अस्पतालमा दोलखामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त राँगोलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयहरुलाई समेत हानेर सामान्य घाइते बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी राँगोलाई गोली चलाएको हो । राँगोलाई मार्न ३०३ राईफलबाट १ राउण्ड गोली फायर गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

सांकतिक तस्वीर