गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिएकी छन् । उनले फेशन डिजाइन शरद केडियासँग मंगलवार विवाह गरेकी हुन् ।
विवाहपश्चात गायिका जोशीले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर सार्वजनिक गरेकी छन् । उनले आफुहरु आधिकारिक रूपमा श्रीमान–श्रीमती भएको बताउँदै सञ्जाल फेसबूकमा तस्वीर सार्वजनिक गरेकी हुन् ।
इन्दिरा र शरद तीन वर्षदेखि सम्बन्धमा रहेका थिए । उनीहरुले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए। शरदले इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइ दिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन्।