काठमाडौँ – टीभी रियालिटी शो ‘कमेडी च्याम्पियन’ बाट चर्चा बटुलेका विक्की अग्रवालले टीकाटालो गरेका छन्। बिहीबार काठमाडौँमा रियालिटी शो निर्देशक तथा कलाकार श्रद्धा प्रसाईंसँग अग्रवालले औंठी साटासाट गरेका हुन्। अग्रवाल र प्रसाईं निकट आफन्तहरूको उपस्थितिमा उनीहरूले इन्गेजमेन्ट गरेका हुन् ।
विवाहको मिति तय गर्न भने बाँकी छ । कलाकार दीपाश्री निरौलाले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै दुवैलाई बधाई दिएकी छन् । ‘कमेडी च्याम्पियन’बाट यी दुईबीच प्रेम अंकुराएको थियो । तर उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् । विक्की ‘कमेडी च्याम्पियन’ का रनरअप हुन् । विक्की र श्रद्धाले हालै कमेडी शो ‘मा कसम यहाँ दुख्छ’ मा सहकार्य गरेका छन् ।