प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एसियाली खेलकुदको तयारी प्रशिक्षण माघ दोश्रो सातादेखि

२०७९ पौष २६, मंगलबार १३:१७ बजे

हेटौंडा – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई लक्षित गरी खेलाडीको नियमित प्रशिक्षण माघ दोश्रो सातादेखि सुरु गर्ने भएको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा हाइ पर्फमेन्स कमिटीका जेष्ठ सदस्य हरिहर श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

नेपालले एसियाली खेलकुदमा सहभागिता जनाउने सम्भावित २३ खेलको नियमित प्रशिक्षण ९० दिनको हुनेछ । प्रशिक्षणमा करिब ५ सय १४ खेलाडी तथा करिब ६६ प्रशिक्षकको सहभागिता रहने छ । नियमित पछि क्रमैसंग विशेष, बन्द र वैदेशिक प्रशिक्षण हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि माघ २ देखि ४ गते सम्बन्धित खेलका राष्ट्रिय संघ तथा मुख्य प्रशिक्षकलाई छलफलका लागि बोलाइने छ । बैठकमा केहि खेलका लागि विदेशी प्रशिक्षक झिकाउने तथा केहि खेलका प्रतिभावन खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउने विषयमा पनि छलफल भएको थियो ।